Odapalika - The Fourth Estate - चौथो अंग
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन

काठमाडौँ । रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । 

जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाइएको हो । खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरे । 

दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । दुवै कार्यालयका भवन साढे २ तलाका छन् । दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैँयालागतमा गरिएको हो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं, आनन्द श्रेष्ठ, सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्षद्वय ठुलो कान्छा तामाङ, ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update