Odapalika - The Fourth Estate - चौथो अंग
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

काममा अवरोध सिर्जना होला । भाग्यले साथ दिँदैन । नरमाइलो अनुभूति भइरहला । स्वास्थ्यमा पनि समस्या झेल्नुपर्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन रमाइलो हुनेछ । भाग्योदय बृद्धि हुने,आकस्मिक लाभ हुने होला । खर्चको उचित व्यवस्थापनमा ध्यान जानेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आत्मबलमा गिरावट आउनेछ ।  मन खिन्न रहला । मान,सम्मानमा आँच आउला । चोटपटक र शत्रुदेखि सतर्क रहनु पर्ने देखिन्छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

कुनै चिठ्ठा वा पुरस्कार प्राप्त होला । इष्टमित्रसँग भेटघाट हुनेछ ।  धनप्राप्ति हुनेछ । सन्तानको खुशीले तनाव हट्नेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु)

बुबाआमा तथा परिवारबाट सहयोग पूरा हुनेछ । तपाईँको मान, सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । मित्र भेट हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आजको दिन धनसम्पत्तिलाई लिएर दाजुभाइसँग केही मनमुटाव होला । तपाईँको पराक्रमलेकाम बन्ने देखिन्छ । फजुलमा नसोचेको खर्च हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन बोलीमा माधुर्यता आउनेछ । यात्राबाट लाभ हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । खर्चभन्दा आम्दानी बढी हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

मानसम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन मन अस्थिर र चञ्चल रहला । सोचेभन्दा बढी खर्च हुनेछ । बसेको स्थान छोड्नु पर्ला ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज धन आगमन हुनेछ । तपाईँलाई दुःखदिनेहरु हार मान्नेछन् । समस्या सुल्झिनेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

परिवारको सहयोगले सबै काम बन्नेछ । रमाइलो अनि सुखद यात्रा हुनेछ । आपूmले गरेको कर्मप्रति गर्व प्राप्त हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज भाग्यले तपाईँलाई हर क्षेत्रमा साथ दिनेछ । नयाँ कामको सुरु होला । धार्मिक यात्राले मन प्रशन्न हुनेछ ।              

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update