Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख 

काठमाडौँ । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई  २५ लाख रुपैयाँका दरले र कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५ लाख रुपैयाँका दरले, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरल र मुसिकोट नगरपालिकालाई १० लाख रुपैयाँँ सहयोग गरेको छ । 

बाँफीकोट गाउँपालिकालाई ५ पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए । उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई ५ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update