
काठमाडौं । भूकम्प प्रभावितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायले ४ करोडबढी रुपैयाँ सहयोग गरेका छन् ।
जाजरकोट भूकम्प पिडितलाई सहयोग जुटाएको हो । मन्त्रलयले प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैँया जम्मा भएको छ ।
मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री प्रचण्डालाई बालुवाटा निवासमा हस्तान्तरण गरेका हुन् ।
मन्त्रालय अन्तर्गत रकम जम्मा गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण १ करोड, नेवाल वायुसेवा निगम २५ लाख, पर्यटन वोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्बतारोहण संघले ३१ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
यस्तै, एयर डाइनेष्टिी हेलिकप्टर ११ लाख ११ हजार एक सय ११, कैलाश हलिकप्टर १० लाख, क्यासिनो मोजाङ ५ लाख, क्यासिनो मोजाङ नेपालगञ्ज ५ लाख, डेल्टिन क्यासिनो काठमाण्डौ ५ लाख, क्यासिनो वेलिज काठमाण्डौ ५ लाख, क्यासिनो प्राइड काठमाण्डौ ५ लाख, क्यासिनो प्यालेस काठमाण्डौ ५ लाख, क्यासिनो प्यालेस झापाले ५ लाख रुपैयाँ पर्यटन मन्लत्रयमा जम्मा गरेका थिए ।