Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 

काठमाडौं । काठमाडौं महानगरभित्र होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै हुनुहुन्छ । यदी हो भने महानगरमा तपाईँको व्यवसाय दर्ता गर्दा कति शुल्क लाग्छ त्यसको जानकारी लिनु आवश्यक छ । 

महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ । 

महानगरको विधेयक अनुसार पाँचतारे होटल सञ्चालन गर्दा १ लाख रुपैयाँ  दर्ता शुल्क लाग्छ । यस्तै, चारतारे होटलका लागि ८० हजार, तीनतारे होटलका लागि ६० हजार, दुईतारेका लागि ४० हजार, एक तारेका लागि २० हजार र चलचित्र प्रदर्शनी घर दर्ताका लागि १० हजार शुल्क लाग्नेछ । 

यस्तै, साधारण होटल, लज तथा गेष्टहाउस दर्ताका लागि १० हजार, होमस्टे (५० जनासम्म) का लागि ५ हजार, ५० जनाभन्दा बढीको होमस्टेका लागि १० हजार, रेष्टुरेन्ट एण्ड बार (डान्स, दोहोरी बाहेक) का लागि १० हजार शुल्क तोकिएको छ । 

यस्तैगरी, डान्स, दोहोरी सहितका रेष्टुरेन्ट एण्ड बार दर्ताका लागि २० हजार, ट्राभल र ट्रेकिङ एजेन्सी (२५ लाखसम्म चुक्ता पुँजी) भएका लागि ५ हजार, ५० लाखसम्म चुक्ता पुँजी भएका ट्राभल्स एजेन्जी दर्ताका लागि १० हजार, ५० लाखभन्दा बढी पुँजी भएका एजेन्सी दर्ताका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । 

यस्तैगरी, मसाज पार्लर, स्पा, ज्याकुजी, सावना वाथ तथा स्वीमिङपुल दर्ताका लागि १० हजार, पर्यटकीय खेलका लागि ३ हजार, विदेशी विमान सेवाका लागि ५० हजार, स्वदेशी विमान सेवाका लागि २५ हजार, हस्तकला निर्यात व्यवसायका लागि ३ हजार र क्यासिनो सञ्चालनका लागि ३ लाख रुपैयाँ शुल्क तोकिएको छ । 

यस्तै, मिनि क्यासिनो दर्ताका लागि २५ हजार, वायुयान भाडामा लगाउने व्यवससाय दर्ताका लागि २५ हजार, ट्रेकिङ सामान पसल सञ्चालनका लाग २५ हजार, डिस्को थेक, नाइट क्लब सञ्चालनका लागि २५ हजार, वैदेशिक रोजगार सम्पर्क व्यवसाय दर्ताका लागि २५ हजार, ५ रोपनी क्षेत्रफलमा रहेको फन पार्कका लागि २० हजार, १० रोपनीका लागि ३० हजार र १० रोपनीभन्दा बढी क्षेत्रफलमा सञ्चालित फनपार्क व्यवसाय दर्ताका लागि ५० हजार रुपैयाँ तोकिएको छ । 

टेलिकम तथा मोबाइल सेवा दर्तामा १ लाख 

काठमाडौं महानगरपालिका भित्र टेलिकम तथा मोबाइल सेवा प्रदायक कम्पनी दर्ता गर्न १ लाख शुल्क लाग्ने भएको छ । महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगर पालिका भित्र उक्त कम्पनी दर्ता गर्दा उक्त शुल्क तोकिएको हो । 

आर्थिक विधेयक अनुसार १० हजारसम्म ग्राहक भएको केबल टिभी, डिसहोम तथा इन्टरनेट सेवा कम्पनी दर्ता गर्दा २० हजार तथा १० हजारभन्दा बढी ग्राहक भएका उक्त कम्पनी दर्ता गर्दा ४० हजार शुल्क लाग्नेछ । 

यसैगरी, टेलिकम तथा मोबाइक सेवा प्रदायक कम्पनीका शाखा कार्यालय स्थापनाका लागि २५ हजार, देशभित्र कार्यक्षेत्र भएका कुरियर सेवाका कम्पनी दर्ता गर्दा ५ हजार र देश बाहिर सेवा दिने कुरियर कम्पनी दर्ताका लागि २५ हजार शुल्क लाग्नेछ । 

अनलाइन दर्ता गर्न ५०० शुल्क 

फ्याक्स सेवा, फोटोकपी, मोबाइल फोन, आइएसडी, एसटीडी, इन्टरनेट मर्मत सेवा, सेक्रेटरीयल सेवाका लागि २ हजार, टेलिभिजन प्रशारण कम्पनीका लागि ५ हजार, एफ एम स्टेशनका लागि १ हजार, अनलाइन सेवा विजनेशका लागि २ हजार शुल्क तोकिएको छ । 

यस्तैगरी, अनलाइन न्युज पोर्टल दर्ता गर्न ५ सय, राष्ट्रिय पत्रिकाका लागि २ हजार, स्थानीय पत्रिकाका लागि १ हजार, साइबर क्याफेका लागि २ हजार, ५० लाखसम्मको पुँजी भएको छापाखानाका लागि ३ लाख र ५० लाखभन्दा माथिको पुँजी रहेको छापाखाना दर्ताका लागि ५ हजार शुल्क तोकिएको छ । 

वाणिज्य बैंक दर्ताका लागि १ लाख

काठमाडौं महानगरपालिका भित्र वाणिज्य बैंक दर्ता गर्न १ लाख शुल्क लाग्ने भएको छ । महानगरले आर्थिक विद्येयक २०८० जारी गर्दै महानगर पालिका भित्र वाणिज्य बैंक दर्ता गर्दा उक्त शुल्क तोकेको हो । 

आर्थिक विधेयक अनुसार वाणिज्य बैंकका शाखा कार्यालय दर्ताका लागि ५० हजार, विस्तारिक काउण्टरका लागि २० हजार शुल्क तोकिएको छ । 

यस्तै, विकास बैंकका लागि ७५ हजार, शाखा कार्यालयका लागि ४० हजार, विस्तारित काउन्टरका लागि १५ हजार शुल्क तोकिएको छ । 

फाइनान्स कम्पनीका केन्द्रिय कार्यालयका लागि ५० हजार तथा शाखा कार्यालयका लागि २५ हजार, सहकारी बैंकको केन्द्रीय कार्यालयका लागि २५ हजार तथा शाखा कार्यालयका लागि १५ हजार शुल्क तोकिएको छ । 

लघुवित्तको केन्द्रीय कार्यालयका लागि २० हजार तथा शाखा कार्यालयका लागि ५ हजार, सहकारी संस्थाका लागि ३ हजार, महिला, उत्पादन, उपभोेक्ता र श्रममा आधारित सहकारी संस्था दर्ताका लागि २ हजार, सहकारी संस्थाको शाखा वा सम्पर्क कार्यालयका लागि ३ हजार, मनी एक्सचेञ्ज कम्पनी केन्द्रका लागि १५ हजार, शाखाका लागि ५ हजार, रेमिट कम्पनीका लागि ४ हजार, बीमा कम्पनीका केन्द्रीय कार्यालयका लागि ५० हजार तथा शाखा कार्यालयका लागि २० हजार शुल्क तोकिएको छ । 

एटिएम बुथ दर्ता गर्न ५ हजार 

आर्थिक कारोबार (शेयर कारोबार वा अन्य आर्थिक कारोबार) गर्ने इन्भेस्टमेन्ट कम्पनीका लागि १० हजार, शेयर रजिष्टर गर्ने कार्यालय (सेक्युरिटिज कम्पनी) का लागि २५ हजार र बैंक तथा वित्तीय संस्थाको एटीएम बुथका लागि ५ हजार शुल्क तोकेको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update