Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पपीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । 

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update