Odapalika - The Fourth Estate - चौथो अंग
अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ? 

काठमाडौँ । मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासन र कर्मचारी परिचालन सम्वन्धि अधिकारलगायतका माग राख्दै आज सिंहदरवार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्ना माग बुझाउँदै छ ।

मुख्यमन्त्री सरोज कुमार यादवलेयसका लागि प्रधानमन्त्रीलाई आज मागसहितको ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन् ।

मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बुधवार पत्रकार सम्मेलन गरेर बताएका थिए । 

उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै आज ज्ञापनपत्र बुझाउन लागिएको बताए । यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए ।

माग पुरा गराउन मधेश सरकारले न्यायालय, सडक र सदनको सहायता लिने उनको भनाई छ । 

यअसघि पनि अधिकारका लागि पठटक पटक सवोृच्च अदालतसम्म पुगेको मधेश सरकारले तुलनात्मक रुपमा संघीयताकाअनुसारको अधिकार प्राप्तिका लागि अन्य प्रदेशले भन्दा बढी दबाब दिदै आएको छ । 

संघीयता कार्यान्वयनमा आएको ६ वर्षसम्ममा पनि प्देशहरुलले संविधानअनुसारका अधिकार पाउन नसकेका कारण प्रदेश संरचनामाथि प्रश्न उठ्न थालेपछि मधेश सरकार निर्णयक आन्दोलन गर्ने अवस्थामा पुगेको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update