Odapalika - The Fourth Estate - चौथो अंग
वडा कार्यालयमा अज्ञात समूहको तोडफोड 

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । 

बुधवार राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । 

कार्यालयमा १ लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update