Odapalika - The Fourth Estate - चौथो अंग
सिर्सिया नदी बचाउने बीरगञ्ज महानगरको अभियान, धमाधम कारवाहीमा पर्दैछन् उद्योग

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले नगरभित्र पर्ने सिर्सिया नदी प्रदूषण गरेको भन्दै एउटा उद्योगलाई ३० हजार रुपैयाँ जरिमाना गरेको छ । 

प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरमा रहेको सिद्धि टेक्साइल प्रालिलाई ३० हजार रुपैयाँ जरिमाना गरेको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

महानगरले सिर्सिया नदी प्रदूषण गरेको भन्दै यसअघि पनि ५ वटा उद्योगलाई ३ लाख रुपैयाँका दरले जरिमाना गरेको थियो । 

उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदूषित भएको थियो । महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर, दुर्गा पल्स एन्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

महानगरले निरनतर ताकेता गरेपछि पर्सा–बारा कोरिडोरका २ उद्योगलेभने फोहोर ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेको बताएका छन् । 

महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदूषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहर व्यवस्थापन गर्न उद्योगीले प्लान्ट निर्माण गर्ने जनाएका छन् । 

महानगरपालिकाले सफा महानगर अभियान अन्तरगत हरेक दिन बिहान मुख्य सडक र चोकहरुमा फोहोर सफा गर्ने अभियानलाई पनि जारी राखेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update