Odapalika - The Fourth Estate - चौथो अंग
मुसिकोट मेयर कपः आज निसिखोला र तामनखोला गाउँपालिकाबीच प्रतिस्पर्धा  

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिकामा जारी प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगितामा आज बाग्लुङको निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

नगरपालिकाले आयोजना गरेको यो प्रतियोगिता बुधवारबाट सुरु भएको हो । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्तर्गत ग्वादीकाचौरमा यो  प्रतियोगिता जारी छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छनगरपालिकाको सामाजिक विकास शाखाले जानकारी दिएको छ । 

बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भएको थियो । दुई पालिकाबीच भएको खेलमा मुसिकोट नगरपालिकाले शून्यका विरुद्ध दुई सेटको अन्तरले रेसुङ्गालाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।  

प्रतियोगितामा बिहीवारको पहिलो खेल बाग्लुङको निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।

उनका अनुसार मेयर रनिङ कपको उपाधि बिजेताले १ लाख ५० हजार र उपबिजेताले १ लाख रुपैयाँ राशिको पुरस्कार पाउनेछन् । नगर खेलकुद विकास समितिले व्यवस्थापन गरेको यो प्रतियोगितामा सहभागी हुन स्थानीय तहले अनिवार्य शिफारिस गरेको हुनुपर्ने नियम छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update