Odapalika - The Fourth Estate - चौथो अंग
आममाफी प्रकरणः रेशम चौधरीको मुद्दामा सर्वोच्चमा आज सुनुवाई

काठमाडौँ । गत जेठमा सरकारले माफी दिएको रेशमचौधरीको मुद्दामा सर्वोच्च अदालतले आजबाट सुनुवाई गर्ने भएको छ । 

चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यसअघि सर्वोच्चले कारण माग्ने आदेश गरेको थियो । गत २४ जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश दिएको थियो ।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन । उक्त मुद्दाको सुनुवाई सुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ । 

टिकापुर घटनामा जन्मकैद सजाय पाएर २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसमा सरकारले आममाफी दिएपछि उनी जेलबाट छुटेका थिए । 

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update