Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति 

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु बनाएर गत १७ कात्तिकमा गएको भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 

नगरपालिकाको शिक्षा शाखाका अनुसार भुकम्पले पालिकाभित्रका ७८ वटा भवन र १७१ वटा कक्षाकोठामा क्षति भएको छ । नगरपालिकाका अनुसार ९ वटा शौचालय पूर्णरुपमा ध्वस्त हुँदा ३८ वटा शौचालयमा क्षति पुगेको छ । 

पालिकाभित्र ११ जना विद्यार्थीले ज्यान गुमाउँदा ३१ जना विद्यार्थी घाइते भएका थिए । 

भुकम्पका कारण जाजरकोट जिल्लामा  १०५ जनाको मृत्यु भएको पुष्टि भएको छ । भेरी नगरपालिकामा ४२ जना, छेडागाड नगरपालिकामा १ जना, कुशे गाउँपालिकामा ७ जना र नलगाड नगरपालिकामा ५५ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update