Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क

काठमाडौँ । सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ । 

झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । सुत्केरी भएकालाई जनही १ हजार ५०० रुपैयाँ बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए ।

पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ । 

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको संख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले जानकारी दिए ।

स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिकरुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ भएको उनको भनाइ छ । 

३ वर्षमा पालिकाले स्वास्थ्य चौकीमार्फत १ ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरेको जनाएको छ । सुत्केरीलाई घ्यू, अण्डासँगै दुसा उमारेको गँेडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्न स्वास्थ्यकर्मीले प्रोत्साहन गर्दै आएका छन् । 

मलमा कोटा लागु 

नगरपालिकाले नगरभित्रका किसानलाई रासायनिक मल वितरण गर्न कोटा प्रणाली लागु गरेको जनाएको छ । 

सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएसपीको १ हजार ६७७ बोरा अर्थात ८ हजार ३८१ मेट्रिक टन कोटा छुट्याएको छ ।

नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पु¥याउनका लागि कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् ।

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको उनको भनाइ छ । 

नगरपालिका क्षेत्रका किसानले प्रतिवर्ष रासायनिक मल डिएपीमात्र १३ हजार मेट्रिक टनवरावर खपत गदैृ आएका छन् । कोटा प्रणाली लागु भएपछि पनि मागअनुसारको मल भने नपाइएको किसानको गुनासो छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update