Odapalika - The Fourth Estate - चौथो अंग
नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी

काठमाडौँ । नेपाली बजारमा काफ ब्राण्डका उत्पादनहरु भित्र्एका छन् । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण सुरु गरेको हो । काफले बुधबार एकै पटक चार स्थानमा स्टोरको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाली बजारमा काफका उत्पादनहरु भित्रिएको जनाएको हो । 

किचन क्राफ्ट क्रियशन प्रा.लिका कार्यकारी निर्देशक अंकिता राठीले राजधानी काठमाडौंस्थित त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार वटा स्टोरहरु सञ्चालनमा ल्याईएको जानकारी दिईन । 

उनका अनुसार औपचारिक रुपमा स्टोरको उद्घाटन गरेसँगै कम्पनीले कुकर हुड्स, फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी, बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन् ओभन, बुइल्ड इन डिसवासर,  बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड इयर सिस्टम लगायतका किचनका सम्पूर्ण सामग्रीहरु बिक्री गर्नेछ । 

हालसम्म काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । त्यस्तै, अन्य कम्पनीका उत्पादनभन्दा काफका उत्पादन सस्तो, हेर्दा राम्रो देखिने, गुणस्तरीय र टिकाउपूर्ण रहेको पनि कम्पनीको दाबी छ  ।

कार्यकारी निर्देशक अंकिता राठीले अन्य कम्पनीको तुुलनामा काफ ब्राण्डका सामग्रीहरु गुुणस्तरीय रहेको दाबी गरिन । ‘हामीले वस्तुको मूल्यलाईभन्दा पनि गुणस्तरलाई ध्यान दिएका छौँ, एक पटक काफका किचन सामग्री प्रयोग गर्ने ग्राहकले काफकै ब्राण्ड रोज्नुहुनेछ’, उनले भनिन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update