
काठमाडौँ । पश्चिम नेपालका भूकम्प प्रभावितको उद्धार र पुनस्थापनाका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका हुन् ।
आजको बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्