Odapalika - The Fourth Estate - चौथो अंग
यसकारण खराब छ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमकाे माैसम  

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ ।

राति भने देशको कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भाव
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update