Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले निर्माण कार्यको पैसा राेकेपछि आन्दोलनमा उत्रिए व्यवसायी

काठमाडौँ । नेपाल निमार्ण व्यवसायी महासंघले सडक आन्दोलनको घोषणा गरेको छ । राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । 

भोलि अर्थात सोमबार प्रधानमन्त्री र विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने, ९ गते प्रदेश महासंघ मार्फत ७७ जिल्लामा ज्ञापन पत्र बुझाउने र १० गते देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतलाई आफ्ना मागबारे जानकारी गराइने महासंघले जनाएको छ । 

त्यस्तै १४ गतेदेखि १५ गतेसम्म प्रधानमन्त्री कार्यालय अगाडिदेखि विभिन्न स्थानमा धर्ना, १६ गतेदेखि निर्माण उपकरणसहितका प्रर्दशन गर्ने महासंघले घोषणा गरेको छ । 

राष्ट्रिय भेलाले आफ्ना मागहरु पुरा गराउने उदेश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । 

निर्माण कार्य सम्पन्न भएका योजनाको समेत अरबौ रकम भुक्तानी नहुदा व्यवसायी मारमा परेकोले संर्घषमा उत्रिनु परेको महासचिव दाहालको दाबी छ ।

सबै निमार्ण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा शंसोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गरिनुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मुल्यवृद्धिलाई सम्बोधन हुने गरी मुल्य समायोजन गर्नुपर्नेलगायतका माग व्यवसायीको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update