Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरजातीय विवाह गर्ने जोडीलाई छाँयानाथ राराले दियो १ लाख रुपैयाँ

काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराएको छ । 

छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई प्रोत्साहनस्वरुप नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको सो सोनिर्णयअनुसार एक जोडीलाई रकम प्रदान गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग गर्ने भन्दै उनले यस्तो अभियान अन्य स्थानीय तहले समेत गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update