Odapalika - The Fourth Estate - चौथो अंग
सुख्खा पहिरोको उच्च जोखिममा चुमनुब्री गाउँपालिकाका २२ घर 

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका लोक्पागाउँका २२ घर सुख्खा पहिराकोे जोखिममा परेका छन् । 

चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित लोक्पामा बुधवारदेखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो । 

लोक्पागाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थालेपछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।

पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पद मार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पिक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए । 

उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै ११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ ।’ 

बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दीर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरिने  चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रापछि लोक्पा गाउँ पुगिन्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update