Odapalika - The Fourth Estate - चौथो अंग
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?

काठमाडौँ । एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले वैद्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो ।

नवनियुक्त अध्यक्ष बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

काठमाडौंको सितापाइलास्थित घर भएका बैद्यले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उनी हाल अनुसन्धानको क्षेत्रमा संलग्न न्यू इरा नामक संस्थासँग आवद्घ छन् ।

बैद्य बैंकको संस्थापक होटेल स्नो लायन प्रा.लि.को प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update