Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमालाई अस्थाई रुपमा बढाएको छ । 

नेपालीहरुको दोस्रो ठूलो चाडपर्वको रुपमा रहेको तिहारलाई लक्षित गर्दै केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्णय गर्दै कारोबार संख्या बढाएको हो ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि एक दिनमा २० पटकसम्म कारोबार गर्न मिल्ने बनाएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update