Odapalika - The Fourth Estate - चौथो अंग
तीन महिनामा भित्रियो साढे ३ खर्ब बढीको रेमिट्यान्स

काठमाडौं । तीन महिनाको अबधिमा साढे ३ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) तथ्यांक अनुसार ३६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४०४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update