Odapalika - The Fourth Estate - चौथो अंग
झापाका कैदीबन्दीले गरे भूकम्पपीडितलाई आर्थिक सहयोग

काठमाडौँ ।  झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।

कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ रुपैैयाँ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले जानकारी दिए । 

कैदीबन्दीले दैनिक सिदाबापत रु ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् । 

यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताईन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update