Odapalika - The Fourth Estate - चौथो अंग
धनुको धन खर्च तर सही ठाउँमा, कर्कटको यात्रा तर थकान   

आजको पञ्चाङ्ग 

तिथिः त्रयोदशी (दिउँसो १ः१५ सम्म)पछि चतुर्दशी, नक्षत्रः चित्रा,करणः भद्रा, चन्द्रराशिः कन्या,  सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२, दिनमानः २७ः४ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः ३० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज शुरुमा काममा अवरोध हुनसक्छ । मध्यान्नदेखि समयले साथ दिनेछ ।  रमाइलो भेटघाट हुनेछ । परिवारको सफलताले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज स्वास्थ्यमा समस्या आउनेछ । साथीहरुसँग बिछोडिनु पर्नेछ । शत्रुको कारण बढी खर्च होला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज शुभ दिन हुनेछ । सन्तान सुख पाउनु हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट प्रशंसा पाइनेछ । भेटघाटको अवसर जुर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज गरेको कामको जस पाइनेछ । धन प्राप्त होला । लेनदेनको कारण सामान्य तनाव लिनुपर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको लागि प्रतिकूल रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । कुनै समाचारले मन प्रशन्न होला ।  

धनु ( ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ । 

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

कामले सफलता पाउनेछ । भेटघाट र रमाइलोमा दिन बित्नेछ । सोचविचारले गरेको काम पूर्ण हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

उपयोगी सामान नोक्सान हुनेछ । महत्वपूर्ण कार्य बिग्रन सक्नेछ । भाग्यले साथ दिनेछैन ।  धैर्यपूर्वक काम गर्नुपर्ला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज तपाईँको समय अनुकूल छ । धेरैसँग कुरा मेल हुनसक्छ । पराक्रम बड्नेछ । परिवारकोे साथ लिएर काम गर्नुहोला ।                    
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update