Odapalika - The Fourth Estate - चौथो अंग
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी 

काठमाडौँ । काभ्रेको पनौती नगरपालिका तत्कालीन मेयर न्यौपानेले बाँडेको भैसीको पाडा यतिबेला लैना भैसी बनेका छन् । 

नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो । 

मेयर पदमा न्यौपाने पराजित भएपछि उनको लोकप्रिय कार्यव्रmम नै बन्द  भयो । तर त्यसबेला वितरित पाडालाई लैनो भैसी बनाएका किसान भने न्यौपानेलाई मनमोहन अधिकारीसँग तुलना गरेर प्रशंसा गरिरहेका छन् । 

२०७७ सालदेखि २०७९ सम्मका ३ बर्षमा ९१९ वटा पाडा वितरण भएकोमा अहिले ३११ वटा भैसी व्याएका छन् । न्यूनतम ५ हजार रुपैँयाँदेखि अधिकतम् ७ हजार ५ सय रुपैयाँसम्म किसानको साझेदारीमा वितरण भएका पाडा पाएका किसान अहिले दुध बेचेर मनग्गे आम्दानी लिने भएका छन् । 

२०७७ सालमा भैसीको पाडा ल्याएर स्यहारेकी पनौती नगरपालिका ११ ख्याकुकी सावित्री थापाको घरमा लैनौ भैसी छ । पहिलो बेत सुत्केरी भएका भैँसीलाई नगरपालिकाले नै ५ हजार रुपैयाँ सुत्केरी भत्ताको व्यवस्थापन पनि गरेको थियो । 

PANAUTI-PADA (3)1699665165.jpg

पहिलो बेदमै नगरपालिकाले ५ हजार रुपैयाँ गोठमै ल्याएर दिएको थापाले सुनाइन् । पहिलो बेतको पाठी हुर्कियो अहिले दोश्रो बेतमा राम्रो भएको छ । आफूले बुझाएको ७ हजारमध्ये ५ हजार सुत्केरी भत्तामा फिर्ता भएको भन्दै उनले  २ हजारको बोटमा अहिले २ लाख  फलेको भन्दै खुसी व्यक्त गरिन् । 

पहिलो बेतमा घरमा खाएर २ लाखको दुध बेच्न सफल भएको कथा सुनाउँदै तत्कालिन नेतृत्वको निर्णयको प्रतिफल अहिले पाएको उनी बताउँछिन् ।

ख्याकु कै माधव थापाको घरमा भैँसीले खुसी थपेको छ । एक बर्षदेखि दैनिक ५ लिटर दुध बेचेर त्यही नगरपालिकाले अनुदानमा दिएको पाडो व्याएर ठूलो गुन लगाएको उनी बताउँछन् ।

उनले अनुदानमा पाएको पाडो हुर्काएर हालसमम १ लाख ८० हजार रुपैयाँ बरावरको दूध विक्री गरेको बताए । 

२०७७ सालमा पाठा अनुदान पाएकी शोभा थापाले एक वर्ष नपाल्दै पाडो लैनो भैसी बनेपछि घर खर्च चलाउने आधार बनेको बताइन् ।

PANAUTI-PADA (1)1699665164.jpg

८ लिटर दुध दिने गरेको र दैनिक ५ लिटर बिव्रmीमा लाने गरेको सुनाउँदै नगरपालिकाले आफूहरुलाई ठूलो गुन लगाएको उनले बताइन् ।

पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा तत्कालीन नेतृत्वले गरेको राम्रो कार्यको प्रतिफल आउन लागेपछि निक्कै खुसी छिन् । विगतमा पाडी वितरण कार्यको उपलब्धी मिलेसँगै त्यसले ग्रामीण किसानको आय स्रोत बढाउन निक्कै फलदायी देखिएको उनले बताइन् ।

पनौती नगरपालिकाको पशुपंछी शाखाका प्रमुख लिला सापकोटाले विगतमा गरेको मेहनतको प्रतिफल आउन सुरु भएको बताउँछन् ।

पूर्वमेयर भिम न्यौपानेले कसैको प्रशंसा र गाली खान नभएर जनताको आय स्रोत बढाउन र दीगो आम्दानीको रुपमा भैसी पालनलाई अघि बढाउन पाडी वितरण गरिएको बताए ।

उनले त्यसवेला किसानलाइृ वितरण गरिएका पाडाका कारण हाल वार्षिक ३ तीन लाख लिटर दूध उत्पादनमा बृद्धि भएको उनी बताउँछन् ।

पनौती नगरपालिका वडा नं ११ का अध्यक्ष विपिन लामाले तत्कालिन नेतृत्वको सही निर्णयको प्रतिफल आफ्नो वडामा आउन सुरु भएकोमा खुुसी व्यक्त गरे ।

16996296200251699665161.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update