Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन 

मेष

चु चे चो ला लि लु ले लो अ

तपाईँको आज अनुकूल समय भएकोले हरेक कार्य सफल दिन हुनेछन् । मान, सम्मान मिल्नेछ । मानसिक सुख प्राप्त हुनेछ । सुखपूर्वक दिन बित्नेछ । 

वृष

इ उ एओ बा बि बु बे बो

आज वृष राशिको लागि त्यत्ति राम्रो समय छैन । आर्थिक क्षति हुन सक्छ । स्वस्थ्यमा केही समस्या आउन सक्छ । काम गर्दा विचार गर्नुपर्नेछ । 

मिथुन

का कि कु घ ङ छ के को ह

आजको दिन फलदायक छ । रमाइलोसँग दिन बित्नेछ । गरेका कामले सन्तुष्टि दिनेछन् । छातीमा भने पीडा हुन सक्नेछ ।

कर्कट हि हु हे हो डा डि डु डे डो

पारिवारिक कार्यमा समय खर्च हुनेछ । यात्राको सुखद अनुभव पनि पाइएला ।  । सेवा गर्ने अवसर प्रनि मिल्नेछ ।

सिंह मा मि मु मे मो टा टि टु

नयाँ कामको थालनी होला । काम पूर्ण सफलता पाउनेछन् । मनमा खुसी र उल्लास छाउने छ । यात्रा सफल हुन्छ । 

कन्या

टो प पि पु ष ण ठ पो

आत्मविश्वासका साथ काम गर्नुपर्ने बेला छ । झमेलामा अर्थात वादविवादमा पर्न सकिन्छ । आकस्मिक लाभ हुने योग भने छ ।

तुला

र रि रु रे रो ता ति तु ते

आजको दिन शुभ रहनेछ । नयाँ काममा लाग्नु पर्नेछ । आफन्तको पूर्ण साथ पाइन्छ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ ।     

वृश्चिक

तो ना नि नु ने नो या यि यु

आज तपाईँको दिन प्रतिकूल देखिन्छ । गरेको काम सफल हुन कठिन छ । बुद्धिमतापूर्वक सोचेर काममा हात हाल्नुपर्छ । 

धनु

ये यो भा भि भु ध फा ढा भे

एकदम अनुकूल समय रहेकाले मान, सम्मान बढ्नेछ । नयाँ कार्यको थालनी हुने देखिन्छ । तपाईँको निर्णायक क्षमताको प्रशंसा हुनेछ ।

मकर

भो जा जि जु जे जो खा खि खु खे खो गा गि

धन प्राप्तिको योग देखिन्छ । पहिले गुमाएको वस्तु प्राप्त हुनेछ । अरुको लागि समय खर्चिनु पर्नेछ ।

कुम्भ

गु गे गो सा सि सु से सो दा

आज महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । कतैबाट विशेष उपहार प्राप्त हुने सम्भावना देखिन्छ । मीन

दि दु थ झ ञ दे दो चा ची

आजको दिन अपजसिलो छ । बुद्धिले काम गर्नु होला । आर्थिक रुपमा भने आजको दिन सबल देखिन्छ । कुनै कुरामा कसैसँग विवाद हुनसक्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update