Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । 

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरको छ । 

आइतबार रात देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update