Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा 

मुस्ताङ . नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा आएको छ । मुस्ताङका सबै स्थानीय तहका बासिन्दाका लागि कोरला नाका भइ चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने गरी नाका सञ्चालनमा आएको हो । 

यसअघि चीनको सीमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । 

४ वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका ५ वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने २ देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमवार सहमति भएको हो । 

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो । 

कोरला नाकामा पहिलो चरणमा चीनसँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिचीसम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् । 

कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्णरुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा २ पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । २०३२ सालदेखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update