Odapalika - The Fourth Estate - चौथो अंग
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । 

नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ । 

ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update