Odapalika - The Fourth Estate - चौथो अंग
भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु 

काठमाडौँ । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन्  । 

कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । 

तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।  दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको कमल गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update