Odapalika - The Fourth Estate - चौथो अंग
इ–रिक्साको भाडादर र मापसेमा कडाइ गर्दै बुटवल उपमहानगरपालिका 

काठमाडौँ । नगर क्षेत्रमा संचालित इ–रिक्सा र टेम्पुले यात्रुसँग मनपरी भाडा लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले यस्ता सवारी संचालनमा अंकुश लगाउन थालेको छ । 

उपमहानगरपालिकाले निर्णय नै गरेर नगरक्षेत्रमा चल्ने यस्ता सवारी साधनमा सबैले देख्ने गरी भाडादर उल्लेख गर्नुपर्ने नियम बनाइदिएको छ । 

नगरपालिकाका अनुसार इ–रिक्सा र टेम्पो चालकले सवारी धनी र चालकको फोटोसहितको परिचयपत्र र भाडादर सवैले देख्ने गरी सवारी साधनमा नराखे कारवाही हुनेछ । 

नगरपालिकाका अनुसार यस्ता सवारीले आफ्ना कागजात नविकरण गरेको हुनुपर्नेका साथै नगरपालिकालाई तिर्नुपर्ने इजाजत शुल्कसमेत मंसिर मसान्तसम्ममा अनिवार्य तिरेको हुनुपर्ने नियम बनाएको छ । 

नगरक्षेत्रमा चल्ने यस्ता सवारीका चालकले मादक पदार्थ सेवन गर्न नपाउने, सवारीमा कुनै प्रकारका विज्ञापन राख्न नपाउने, उपमहानगरको इजाजत नलिइ सवारी संचालन गर्न नपाउने, जथाभावी पार्किङ गर्न नपाउनेलगायतका नियम पनि बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update