Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 

मेष (चु चे चो ला लि लु ले लो अ)

वेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । दाजुभाइ र दिदीबहिनीको पूरा साथ रहनेछ । धीर मनले चिताएको वा सोचेको कुरा पूरा हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

अचानक धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ । परस्त्रीसँग टाढै रहनु वेश हुन्छ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

 ठूलाको सल्लाह लिएर कामगर्दा सफल भइन्छ । मनमा अनावश्यक सोचाइ आउला । संयमताको आवश्यक देखिन्छ ।

 कर्कट (हि हु हे हो डा डि डु डे डो)

गरेको काममा बाधा पुग्ने देखिन्छ । आज नयाँ कार्यको थालनी नगर्दा राम्रो होला । स्वस्थ्यमा पनि गडबढी हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

आज झिनामिना कुरामा अल्मलिने समय छैन । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । धन प्राप्ति हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईँको आज कर्म क्षेत्र बलियो छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । यात्राको अवसरलाई सदुपयोग गर्नुहोला ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

अरुले प्रशंसा गर्नेेछन् । भाग्यले पूर्ण साथ दिनेछ । चञ्चल मनलाई सम्हालेर काम गर्नु उचित हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन कष्टमय समय रहेको छ । हरेक काममा बाधा अड्चन आउनेछन् । नसोचेको ठाउँमा धन खर्च हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुख प्राप्तिको योग छ । नयाँ कार्यको थालनी गर्दा राम्रो हुन्छ । सबैको मन जित्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन आफन्तसँग मनमुटाव हुनसक्छ । बोल्दा वा काम गर्दा थोरै  विचार गर्नु पर्नेछ ।  खानपिनमा सतर्क रहनुहोला । स्वस्थ्य समस्या हुनसक्छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

तपाईँको विचारको सम्मान हुनेछ । मनोरञ्जनका साथ दिन बित्नेछ । आकस्मिक धनागम हुने योग छ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची) 

आजको दिन गरेको काम पूरा हुन कठिन होला । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ । धन सम्पत्तिको क्षय हुनसक्नेछ ।     

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update