Odapalika - The Fourth Estate - चौथो अंग
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य  

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । 

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, प्याज सुकेको भारतीय ९५ रुपैयाँ छ । 

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०, बन्दा लोकल ६०, स्थानीय काउली २०, मूला रातो ३५, सेतो लोकल मूला १५, भन्टा लाम्चो २०, मकै बोडी २०, भटमास कोशा १६०, घिउ सिमी लोकल २०, राजमा सिमी ९०, तितो करेला ११०, लौका २०, परवल लोकल ५०, घिरौला ३०, फर्सी पाकेको ३०, हरियो फर्सी डल्लो १५ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

रायो साग ३०, पालुंगो १००, चमसुर ९०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य ५०, डल्ले च्याउ २८०, कुरीलो १०००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ । 

फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १६०, कागती १००,अनार ४००, कालो अंगुर ४००, सुन्तला नेपाली ८०, मौसम ९०, जुनार २२०, आभोकाडो २०० र किवि १५० रुपैयाँ तोकिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update