Odapalika - The Fourth Estate - चौथो अंग
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेको भन्दै उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेकी छन् । 

विश्व शौचालय दिवसको अवसरमा आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वालेनको अभियानमा होटल संचालकहरुले गरेको असहयोग कै कारण अभियान सफल नभएको बताइन् । 

उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने समेत बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताइन् । उनले दुई÷तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने चिन्ता पनि व्यक्त गरिन् ।

‘विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए । कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्,’ बालेनको प्रसंसा गर्दै उनले भनिन् ।

यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष  पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । 

दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र संघकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update