
काठमाडाैँ । गत १७ कात्तिक मध्यरातमा गएको भुकम्प प्रभावितहरुलाई राहत वितरणको कार्य रोकिएको छ ।
भूकम्पबाट अति प्रभावित जाजरकोटको भेरी नगरपालिकाले तिहारअघि (२६ कात्तिक)सम्म राहत वितरण गरेर अर्को सूचना जारी नभएसम्म राहत वितरण कार्य बन्द गरेको छ भने नलगाड नगरपालिकाले पनि राहत वितरणको कार्य रोकेको छ ।
स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले दिएको पर्याप्त राहत सामग्रीलाई स्थानीय तहमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको थियो ।
भुकम्पलगत्तै राहत र पुर्नस्थापनमा जुटेका स्थानीय सरकारले राहत वितरणलाई स्थगन गरेर पुर्नस्थापनाको काममा केन्द्रीत भएको बताएका छन् ।
भरी नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार २६ कात्तिकसम्ममा नगरपालिकाले भुकम्बाट अति प्रभावित वडा नम्बर १ मा ३०० वोतल पानी वितरण गरेको जनाएको छ ।
यो वडामा मात्र भुकम्पले ३१ जनाको ज्यान लिएको थियो । नगरपालिकाकै वडा नम्बर ३ मा भुकम्पबाट १४ जनाको ज्यान गएको थियो ।
नगरपालिकाले अति प्रभावित वडालाई प्राथमिकतामा राख्दै राहत वितरण गरेको र हाल स्थगन गरिएको जनाएको छ । प्रभावितहरुलाई ३०० बोरा चामलसहित खाद्यान्न लत्ता कपडा र ओड्ने ओछ्याउने तथा टेन्ट वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तो छ राहतको तथ्यांक