Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाले शनिवारदेखि १४१ निर्वाचन क्षेत्रमा घरदैलो गर्ने 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । 

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो । 

‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ,’ प्रवक्ता डा ढकाल भन्छन्, ‘पार्टीका सबै संगठन र शक्रि परिचालन गरी द्द देखि ४ मंसिरसम्म घरदैलोमा जाँदैछाँै ।’    

४ मंसिरमा आम निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत यो कार्यक्रममा सहभागी हुनेछन् । सहमहामन्त्री बुर्लाकोटीका अनुसार १४१ वटा निर्वाचन क्षेत्रमा पार्टी  पुग्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update