Odapalika - The Fourth Estate - चौथो अंग
किन बस्दैछ एमालेको विशेष बैठक ?

काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । 

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले ७ मंसिरमा  काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update