Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...

महोत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ ।

महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरकफरक २ जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो ।

संयोगले नाम र वुवाको नाम मिलेतापनी उनिहरु फरक(फरक व्यक्ती हुन । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास-२ का दल वहादुर भुजेलको नम्बर एउटै छ ।

अचम्म त काहानिर छ भने उनिहरुको नागरिकता  नम्वर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिति, बाबुको नाम समेत मिलेको छ । तर दुवै भुजेलहरुको नागरिकता जारी भने फरकफरक मितिमा भएको देखिएको छ ।

अहिले हात्तिलेट वस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास(२ बस्ने भुजेलको नागरिकता  एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास(२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची वनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दल  वहादुर भुजेलको नाममा १० धुर जग्गा देखिएपछि खोजीको विषय बनेको थियो ।

पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास-२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रह्यो भन्ने बिषयमा स्थानीयहरु आफैँले खोजी गरेका थिए ।

यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफैँ खटिए । नाताले  मामा पर्ने पूर्णभूमिहीन रहेका एकबहादुर मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परे ।

सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दल वहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजीकै क्रममा हात्तिलेट वस्ने दल वहादुर भुजेलसँग मामाको नागरिकताको  सवै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छन्।

तर एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास-२ मा आएका थिए । तत्कालीन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो ।

जारी मिति वाहेक नागरिकतामा सवै मिलेपछी पुर्ण भुमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो अवस्था सिर्जना भएको छ ।

अझ हात्तिलेट बवस्ने दल वहादुर भुजेलले त मुक्तिनाथ विकास बैँकबाट कर्जा समेत लिएको बुझिएको छ । एउटै नागरिकता लिएर दुई फरकफरक व्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।

'दुवै नागरिकता २०४४ सालमा टोलीवाट वनाएको देखिएको छ,' प्रमुख जिल्ला अधिकारी गेलालले भने, हामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौ ।' दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

दुबै नागरिकताको विषय नटुंगिएसम्म भुमीहिन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । 'कानुनीरुपमा उनकाे नाममा जग्गा देखिएपछि वडाले पनि केही गर्न सक्दैन, वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भने, 'हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउदै छौँ ।'

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update