Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल एसबिआई बैंकको लाभाशं घोषणा, बोनस सेयर कति ?

काठमाडौँ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सेयरधनिलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update