Odapalika - The Fourth Estate - चौथो अंग
सोल्टी होटलको लाभांश घोषणा, नगद मात्रै २६.५८ प्रतिशत दिने 

काठमाडौँ । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको हाल चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update