Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति

काठमाडौँ । पूर्व मुख्य सचिव लिलामणि पौडेलको नेतृत्वमा सरकारले गृृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । 

पूर्व राजदूतसमेत रहेका पौडेलको नेतृत्वमा गृह मन्त्रालयको काम प्रभावकारी बनाउन र संरचनागत सुधार गर्ने बारेमा अध्ययनका लागि मुख्य समिति गठन गरिएको हो । उक्त समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्व सचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य रहेका छन् । 

आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।

उनले मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन र विपद् न्यूनिकरणको विषय हेर्न पनि छुट्टै उपसमिति गठन गरेको समेत जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update