Odapalika - The Fourth Estate - चौथो अंग
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ? 

आजको पञ्चाङ्ग

तिथिः नवमी, नक्षत्रः शतभिषा, करण: बालब, चन्द्रराशिः कुम्भ, सूर्योदयः ०६ः३०, सूर्यास्तः १७ः ०८, दिनमानः २६ः३५ घटी,  राहुकालः दिउँसो ०३ः ०० देखि ०४ः ३० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ) 

आज धन लाभ हुनेछ । नयाँकार्यको थालनी गर्दा फाइदा होला । प्रिय खबर सुन्नुपर्ला । मन प्रफुल्लित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो) 

आजको कार्य उपलब्धिमूलक हुनेछ । भेटघाट र रमाइलो दिन हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ला ।

मिथुन (का कि कु घ ङ छ के को ह) 

भाग्यले पूरापुर साथ दिनेछ । नयाँ कामको सिर्जना हुनेछ । आप्mनो कर्तव्य निभाउन सक्षम भइनेछ । मनोरञ्जन पूर्ण दिन हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो) 

धैर्यताले काम गर्नुपर्नेछ । नकारात्मक सोचले काम बिग्रन सक्छ । आज गरिएको लेनदेनले घाटा हुन सक्ला ।

सिंह (मा मि मु मे मो टा टि टु) 

आजको दिन भाग्योदय समय छ । कामको चारैतिरबाट सम्मान होला । धैर्य र सकारात्मक सोचले कार्य पूरा हुनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो) 

आज शत्रु पक्ष भने सबल रहनेछन् । अचानक धनप्राप्ति र भेटघाटको अवसर मिल्नेछ । अप्रत्यासित खुस्केको बोली तपाईँको लागि भारी पर्नसक्छ । सचेत भएर काम गर्नुपर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन अनुकूल रहनेछ । परिवारको खुसीमा रमाइनेछ । भेटघाटको अवसर जुर्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु) 

आजको समय शुभ रहनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल हुनेछ । शारीरिक पूmर्ति बढ्नाले काम गर्न जोश जाँगर आउनेछ । यात्रा सुखद हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज बन्धुवर्गको सामान्य टिप्पणीको सामना गर्नुपर्नेछ । अनावश्यक मानसिक चिन्ता होला । आर्थिक प्रगति हुनेछ । तपाईँको पराक्रमले काम बन्नेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि) 

तपाईँको क्षमताको सबैले प्रशंसा गर्नेछन् । सामाजिक कार्यमा सरिक हुन पाइएला । धनप्राप्तिले मन आनन्दित हुनेछ । घुमफिर र भेटघाटमा समय बित्ला । 

कुम्भ (गु गे गो सा सि सु से सो दा)

रोकिएका विभिन्न काम बन्नेछन् । परिवार सम्बन्धी रमाइलोमा दिन बित्नेछ । मान सम्मान पाइएला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाईँको आजको दिन अलि तनाबमा बित्नेछ । गरेको प्रगतिले भाइबन्धुलाई डाहा हुनेछ । कुरा काट्नेहरु प्रशस्तै हुनेछन् । घुमफिरमा समय बित्नेछ । आयभन्दा व्यय बढी होला ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update