Odapalika - The Fourth Estate - चौथो अंग
पानीका दुःख : कतै धेर भएर तनाव, कतै नपरेर हैरानी 

धनुषा । अहिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त बर्षा नहुँदा रोपाई हुन सकेको छैन । 

ठूलो र एकनाशको बर्षा नहुँदा धान रोपाई अझै धेरै ठाउँमा हुनन सकेको हो । मध्य तराईका धेरै जिल्लाहरु पर्याप्त बर्षा नहुँदा धान रोपाईले गति लिन सकेको छैन । धनुषाको लक्ष्मीनिया गाउँपालिका– ३ वनिगामा पर्याप्त बर्षा नहुँदा किसानहरु मारमा परेका छन् ।

वनिगामा यतिखेर धान रोपाई सकिसक्नुपर्ने हो तर पानीको अभावमा किसानहरुले रोपाईको मेसो अझै पाउन सकेको छैनन । थोरबहुत परेको पानीको भरमा मुश्किलले रोपाई जारी राखेका किसानहरुले खेत आफै सम्याएर सामान्य रोपाई गर्दै आएका छन् ।

धानको व्याड अझै पनि खेतमा नै राखेर बर्षाको प्रतीक्षामा रहेका किसानहरु सिंचाईको व्यवस्थान हुँदा समस्या परेको गुनासो गर्छन् । हरेक वर्ष आकाशे पानीमा भर पर्नुपर्दा धान उत्पादन सोचेजस्तो  हुन नसकेको उनीहरुको दुखेसो छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update