Odapalika - The Fourth Estate - चौथो अंग
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा 

महोत्तरी । सुविधाका लागि बनाइएको सडकले गाउँलेबीच नै कलह सिर्जना ग¥यो भन्दा धेरैलाई अचम्म लाग्नसक्छ । तर महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ । 

बर्दिवास–६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पूर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बीचभागमा विरुवाहरु समेत रोपिएको छ ।

२०५४ सालमा तात्कालीन गाविस अध्यक्ष बिदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्ति मच्चायो भन्ने विषय थाहा पाउन ५ बर्ष अगाडि फर्कनुपर्छ ।

यो सडकको दायाँबायाँमा स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा–आधा जग्गा १३ फिट सडकको लागि प्रयोग गर्ने सहमति भएको थियो ।

तर २०५४ सालमा भएको सहमतिमा स्थानीयहरुले अमिन ल्याएर जग्गा नपाएपछि एकाएक बिथोलियो । स्थानीय अमिनले गरेको नापजाँचअनुसार गाउँभरको जग्गा लालपुर्जा अनुसार भोगचलनन भएको निष्कर्ष निकालियो ।

यही नापजाँच नै गाउँलेहरुको लागी अभिसापमात्र बनेन बर्षौदेखि यथास्थानमा भोगचलन गर्दै आएका स्थानीयहरुले जग्गा कै कारण दिनहुँ झगडा गर्न थाले ।

गाउँ अशान्त वन्दै गएपछि स्थानीय राजनीतिक दलहरुको रोहवरमा  भोगचलनअनुसार नै यथास्थानमा उपभोग गर्ने सहमति समेत बनेको थियो ।

यहीक्रममा तत्कालीन समयमा गाविस अध्यक्ष रहेका विदुर कार्की २०७४ मा नगरप्रमुखमा निर्वाचित भए । एक गाउँदेखि अर्को गाउँ जोडने र कृषि उपजहरुलाई बजारसम्म पु¥याउन पुलको काम गर्नसक्ने भएकाले यो सडकलाई स्थानीय सरकारले समेत प्राथमिकतामा राख्यो ।

यो सडक स्तरोन्नति गर्न विनियोजन भएपछि जबाटोको दायँबायाँ जग्गा भएका मध्येका मकसुदन महतोले अमिनले गरेको नापजाँचमा आफ्नो जग्गा सडकमा वढी पर्ने भन्दै ८ भदौ २०७५ मा निवेदन बोकेर जिल्ला अदालत महोत्तरी पुगे । त्यसपछि सुरु भएको विवाद अहिलेपनि उत्कर्षमा छ ।

मकसुदनको रिट नै खारेज 

मकसुदनको रिटलाई बर्दिवास नगरपालिकाको न्यायिक समितिको निर्णय र नापनक्साअनुसार पनि जग्गा बढी पर्ने आधारहरु नदेखिएपछि जिल्ला अदालत महोत्तरीले खारेजी गरेको थियो ।

अदालतको आदेश1700554620.jpg

अदालतले ३ कात्तिक, २०७७ मा गरेको फैसलामा यथास्थानमा सडक खोल्न अनुमति दिएको छ । तर जग्गाधनी मकसुदनले भने फैसाल कार्यान्वयन गर्न मानेका छैनन् । 

अर्का स्थानीयय तेजिलाल महतोले भने पूर्वभोगचलन भएअनुसार आधाजग्गा दिन तयार रहेको भन्दै सडक खोल्नुपर्ने अडान लिदै आएका छन् ।

एकथरी गाउँलेले तेजिलाललाई र अर्काथरीले मकसुदनलाई समर्थन गर्दा दुई पक्षबीच पटक पटक झगडा भएका छन् । 

यो समस्यामा स्थानीय राजनीतिक दलका केही नेताहरु समेत हावी भएका छन् । नेपाली कांग्रेसका स्थानीय नेता राजकुमार महतोलाई कतिपयले मुख्य झगडाको कारकको रुपमा लिने गरेका छन् । उनै महतोले अमिन ल्याएर जग्गा नापजाँच गरेपछि स्थानीयहरु विथोलिएको स्थानीय सुर्यदेव महतोको दाबी छ ।

सहमति पत्र1700554732.jpg

तर महतोले भने २०५४ सालमा खोलेको यथास्थानवाट सडक खोलिनुपर्ने विषयमा आफू स्पष्ट रहेको वताएका छन् । समस्या समाधानका लागि स्थानीयले पटक पटक बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद कुमार क्षेत्रीसँगसमेत हारगुहार गरिरहेको वताएका छन् । 

नगरको प्रयास पटक–पटक असफल

२०७५ सालदेखि नै बर्दिवास–जलेश्वर जाने हुलाकी सडक देखि पश्चिम र भोटे खोलासम्मको उक्त सडक खुलाउन अवरोध भएको देखिएको छ ।

२४ बैशाख २०७५ मो गाउँमा थप झगडा नहोस् भन्ने उदेश्यले नगरले अमिन खटाएर तेजिलाल र मकसुदनको जग्गाको बीचभागवाट सडक बनाउने सहमति गरेको थियो ।

नगरपालिकाले समन्वय गर्न प्रहरीलाई लेखेको पत्र1700554648.jpg

उक्त सहमतिलाई आधार वनाएर २४ चैत, २०७७ मा सडक स्तरोन्तिको काम थाल्ने गरी विवादका दुइ मुख्य पात्र तेजिलाल र मकसुदनबीच लिखित सहमति समेत भयो  ।

सहमतिपछि निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले पटकपटक प्रयास गरेको पनि देखिएको छ । ‘उक्त विवाद समाधान गर्न लागि परेको थिए तर अहिलेसम्म समाधान गर्न सकिएको छैन, पूर्वनगरप्रमुख बिदुर कार्कीले वडापालिकासँग भने ।

२०५४ सालमा साविकको वडा न. ८ को उक्त ठाउँवाट आफैले सडक संजालविस्तार गरेको वताउदै यथास्थानवाट सडक वनाउनुपर्नेमा कार्कीले जोड दिए ।

पुराना प्रमाणहरुलाई नै आधार वनाएर सडक वनाउने अहिलेका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले पनि प्रतिबद्धता जनाएका छन् । तिहार तथा छठका कारण छलफल गर्न नपाएको बताउदै नगरप्रमुख क्षेत्रीले यथास्थितिमा नै सडक बनाइने वताए ।

नगरका तर्फबाट गत २८ असारमा पनि सडक खुलाउने प्रयास भएको  र यो कार्य निरनतर जारी रहने क्षेत्रीको भनाइ छ ।

मकसुदनको निवेदनमा जिल्ला अदालतको फैसलामा तत्कालीन न्यायिक समितिले गरेको निर्णयलाई अहिले पनि सदर गरेको व्यहोराको पत्रमार्फत न्यायिक समितिकी संयोजक तथा उपप्रमुख तारादेवी महतोले जानकारी गराएकी छन् ।

अहिलेको उपमेयर तारादेवी महतोको पत्र1700554681.jpg

कागजात र प्रमाणहरु हेर्दा मकसुदनले नै न्यायिक समिति र अदालतको आदेशलाई अटेर गरेको देखिएको छ । स्थानीय भोला सेन्चुरी, विनोद यादव, रमेश साह, सन्तोष महतो, राजविर महतो लगायतले जग्गाको लोभको कारण सडक नै अतिक्रमणमा परेको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update