Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध

ललितपुर । एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रमा आगामी ६ महिनासमम ५ जनाभन्दा बढी भेला हुन र प्रदर्शन गर्न रोक लगाएको छ । 

‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार आदेश जारी गर्दै माइतीघर –नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update