Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

 सो अवसरमा उनीहरुवीच समसामयिक विषयमा समेत छलफल भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update