Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?

स्थानीय तह कर्मचारीहरुको हक अधिकार स्थापित गर्ने प्रयोजनार्थ सातै प्रदेशमा प्रदेश भेला गर्ने केन्द्रीय समितिको पूर्वनिर्णयानुसार मंसिर २ गते सुदुरपश्चिम प्रदेश र मंसिर ४ गते कर्णाली प्रदेशमा प्रदेश स्तरीय भेलाहरु सम्पन्न भएका छन ।

उक्त भेलाहरुमा मलाई पनि अतिथिका रुपमा आमन्त्रण गरेर विचार व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक प्रदेश समितिहरु प्रति आभार प्रकट गर्न चाहन्छु । स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।

भेलामा के -के भए निर्णयहरु:

- सरकारसँग आश्विन २७ मा भएको १९ बुदे सम्झौता पूर्णरुपमा कार्यान्वयनका लागि सरकारलाई निरन्तर रुपमा दवाव दिने निर्णय गरियो । जसका लागि अहिले तत्काल सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पत्र तथा छलफल कार्यक्रमलाई निरन्तरता दिईने ।

- असोज १३ गते काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय भेलावाट चुनिएका प्रदेश समितिका पदाधिकारी लगायत सदस्यहरुलाई अनुमोदन सहित रिक्त रहेका पदहरुलाई पूर्णता प्रदान गरियो । साथै प्रदेशस्तरीय आर्थिक समिति र सल्लाहकार समिति गठन गर्ने निर्णय गरियो ।

- पालिका भेला र जिल्ला भेला हुन बाँकी रहेका केही जिल्लामा तत्काल भेला गरि सोको लिखित जानकारी ( निर्णयको प्रतिलिपी ) यथाशीघ्र प्रदेश सचिवहरुलाई उपलव्ध गराउने निर्णय गरियो ।

- स्थानीय तह कर्मचारीको राष्ट्रिय ट्रेड युनियन गठनका लागि भेलामा उपस्थित भएका साथीहरुको कर्मचारी संकेत नं सहितको हस्ताक्षर संकलन गरियो र थप हस्ताक्षर संकलनका लागि सवै पालिकाहरुमा श्रम मन्त्रालयको फर्म्याट पठाउने र यथाशीघ्र थप  हस्ताक्षर संकलन गर्ने निर्णय गरियो ।

- ७५३ वटै पालिकामा हाम्रो संगठनलाई थप मजवुत बनाउदै स्थानीय सेवालाई मर्यादित बनाउने अभियानमा जनप्रतिनिधिहरुसँग पनि समन्वयात्मक तवरले हातेमालो गर्ने निर्णय गरियो ।

- संघीय निजामती सेवा ऐनमा हाम्रा सबै माग मुद्दाहरु समावेश नभएको खण्डमा कामकाज ठप्प पारी सडक संघर्षमा होमिनका लागि सवै राष्ट्रसेवकहरुमा अपिल गर्ने र अबको आन्दोलन थप शसक्त बनाउने निर्णय गरियो । 

- सवै प्रदेश भेला सम्पन्न भएपछि केन्द्रीय समिति बैठक काठमाण्डौमा बाेलाई विधान निर्माणलगायतका कार्य अगाडि बढाउने निर्णय गरियो ।

अन्त्यमा,

प्रदेश भेला सम्पन्न गर्न आर्थिक तथा भौतिक रुपमा  सहयोग गर्नुहुने सवैमा हार्दिक धन्यवाद ! 

सिंह स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका सहसंयाेजक हुन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update