Odapalika - The Fourth Estate - चौथो अंग
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काम परेमात्र सवारी साधन लिएर घरबाट निस्कन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरूमा भोलि बिभिन्न समूहद्वारा ¥याली जुलुसका साथै बिरोध प्रर्दशन गर्ने बुझिएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका भरी सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै निस्कुनु नै पर्ने भए १०० वा १०३ मा टेलिफोन वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

‘काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरूमा यहीँ मंसिर ७ गते बिभिन्न समूहद्वारा याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौँ उपत्यका भरी सवारी आवगमनमा असहजता श्रृजना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्नहुन र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ’, ट्राफिक प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तपाईँको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update