Odapalika - The Fourth Estate - चौथो अंग
हरिबोधनी एकादशीमा सुन्दरबजार नगरपालिकाले दियो सार्वजनिक विदा

काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिकाले मंसिर ७ गते अर्थात बिहीबार सार्वजनिक विदा दिएको छ । 

मंगलबार बसेको पांचौ कार्यपालिका बैठकले बिहीबार पर्न गएको हरिबोधनी एकादशी (तुलसी बिबाह) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । 

उनका अनुसार बिहीबार नगरपालिका कार्यालय, वडा कार्यालय, पालिका भित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका कार्यालयहरुले बन्द हुनेछ । 

 

यस्तै, दुधपाेखरी गाउँपालिका र राइनास नगरपालिकाले पनि हरिबाेधनी एकादशीमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update