Odapalika - The Fourth Estate - चौथो अंग
गुणस्तरीय सेनिटरी प्याड वितरण गर्न महानगरको पत्र 

काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरीय सेनिटरी प्याड मात्र वितरण गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । महानगरले सोमबार सूचना जारी गर्दै तोकिएको मापदण्ड अनुसार मात्रै सेनिटरी प्याड वितरण गर्न निर्देशन दिएको हो । 

‘काठमाडौं महानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि खरिद गरिएका सेनिटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएका भएको भन्ने गुनासो प्रति यस महानगरपालिका, शिक्षा विभागको ध्यानाकर्षण भएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी सेनिटरी प्याड (वितरण तथा व्यस्थापन कार्यविधि) २०७६ ले तोकेको गुणस्तरको सुनिश्चिता हुने गरी मात्र सेनिटरी प्याड खरिद गरी छात्रालाई वितरण गर्न सवै विद्यालयलाई अनुरोध छ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ । 

356955922_3522722051333668_1597804684537038606_n1690195209.jpg

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update